मेयर हर्क साम्पाङकाे कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीकाे तस्विर राख्न पुगे दलका नेताहरू : गेटमै प्रहरीले अवराेध पुर्याएपछि पाएनन छिर्न

 इटहरी । सुनसरीकाे धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुस्पकमल दाहालकाे तस्विर हटाएपछि सुरू भएकाे बिवाद अझै पनि साम्य हुन सकेकाे छैन । तस्विर हटाए लगत्तै धरानका पाच दलका नेताहरूले ५ दिन भित्र पुनः तस्विर राख्न अल्टिमेटम जारी गरेका थिए ।

साेहि अल्टिमेटम अनुसार मेयर साम्पाङले तस्विर नराखेपछि मंगलबार पाचै दलका नेताहरू धरान उपमहानगरपालिका पुगेका छन । दलका नेताहरूले हातमा राष्ट्रपति पाैडेल र प्रधानमन्त्री दाहालकाे तस्विर लिएर मेयरकाे कार्यकक्षमा टास्न पुगेका हुन ।

सम्भावित घटनालाई  मध्यनजर गर्दै  उपमहानगरकाे गेटमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । तस्विर लिएर उपमहानगर पुगेका दलका नेताहरूलाई प्रहरीले भित्र छिर्न दिएकाे छैन । बाहिर मेयर साम्पाङ बिरूद्ध नाराबाजी गरिरहेका दलका नेताहरूलाई प्रहरीले बाहिरै राेकेपछ स्थिती तनावग्रस्त बनेकाे छ ।

गत पुस १२ गते मेयर साम्पाङले आफ्नाे कार्यकक्षबाट राष्तपती पाैडेल र प्रधानमन्त्री दाहालकाे तस्विर हटाएर प्रथम किराती राजा यलम्बरकाे राखेका थिए । तस्विर हटाए लगत्तै असन्तुस्ट बनेका धरानका राजनीतिक दलहरूले मेयर साम्पाङलाई यथाशिघ्र निर्णय सच्याउन र पुनःतस्विर राख्न सुझाव दिएका थिए ।

तर मेयरले अटेर गरेपछि  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका हुन । 

प्रतिक्रिया

सम्बन्धित