तोलामा पाँचसय रुपैयाँले बढ्यो सुनको भाउ

इटहरी / आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ।

सोमबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ। यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो।

यस्तै, सोमबार तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित