सवा लाख फलाेअर भएकाे क्लासिक टेककाे फेशबुक पेज गायब

इटहरी । आज भाेली फेशबुक एकाउन्ट र पेज ह्याक हुनु सामान्य जस्तै बनिरछ । नेपाल प्रहरी साइबर व्युराेमा हाल दैनिक यस्ता उजुरीकाे चाङ लाग्ने गरेकाे पाइएकाे छ ।

एकै दिन ३२ वटा फेशबुक ह्याक भएकाे उजुरी साइबर ब्युराेमा पुगेकाे छ ।पछिल्लाे समय यसकाे शिकार बनेकाे छ इन्टरनेटकाे दुनियामा बेग्लै पहिचान बनाएकाे क्लासिक टेक ।इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकको फेसबुक पेज गायब भएको पाइएको छ । एक लाख ३२ हजार बढी फलोअर भएको क्लासिक टेकको फेसबुक पेज गायब भएको हो ।

अहिले फेसबुककमा क्लासिकटेक (https://www.facebook.com/classictech) युजरनेम भएको फेसबुक पेज उपलब्ध छैन । त्यसको सट्टा कम्पनीले नयाँ फेसबुक खोलेको छ । नयाँ पेज ‘क्लासिक टेक प्रालि’को पेज ट्रान्सप्यारेन्सीमा हेर्दा सो पेज २० डिसेम्बर २०२३ मा तयार पारेको देखिन्छ ।

गुगलमा क्लासिक टेकको नाम सर्च गर्ने हो भने पनि सो पेजबाट प्रकाशित भएका पोस्टको लिङ्क देखिन्छ । तर, लिङ्क खोल्ने हो भने पेज उपलब्ध नभएको लिङ्क देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित