तार टाँङ्दा टाँङ्दै तमाेरमा खसे मज्दुर

ताप्लेजुङ । ताप्लेजुङको निमार्णाधिन मध्य तमोर जल विद्युत आयोजनामा बिजुलीको तार टाङ्ने क्रममा एक मजदुरको तमोर नदिमा खसेर मृत्यु भएको छ ।

भारत पश्चिम बंगालका मजदुर अन्दाजी २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले बताएका छन् ।

मध्य तमोर जल विद्युत आयोजनाको पावर हाउस नजिक तमोर नदी वारपार तारबार टाङ्ने क्रममा साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेको जनाइएको छ । नदीमा खसेका उनलाई करिब तीन सय मिटर पर बगाएको अवस्थामा भेटिएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित