सुन्दरहरैंचाकाे जङ्गलमा हात्ती मृत भेटीयाे : पुच्छर तस्करले काटेर लगेकाे आशंका

इटहरी । माेरङकाे सुन्दरहरैंचामा जंगली हात्ती मृत अवस्थामा भेटिएकाे छ । केहि दिन यता बाक्लाे संख्यामा साहि क्षेत्रकाे चारकाेसेमा देखिएकाे हात्तीकाे समुह मध्ये एक हात्ती मृत अवस्थामा भेटिएकाे हाे । मृत हात्तीकाे पुच्छर भने तस्करहरूले काटेर लगेकाे आशंका गरिएकाे छ ।

अहिले साे स्थानमा काेशी टप्पु बन्यजन्तु आरक्षबाट भेटेनरी चिकित्सककाे टाेली पुगेर चेक जाच गरिरहेका छन । स्थानियहरूले भने तस्करहरूकै समुहले गाेली हानेर हात्ती मारेकाे आशंका ब्यक्त गरेका छन ।

डिभिजन बन कार्यालय माेरङका प्रमुख विष्णु घिमिरेका अनुसार मृत हात्ती त्यस्तै १० देखि १२ वर्ष सम्मकाे रहेकाे जनाएका छन । उनले घटनाबारे थप अनुशन्धान भइरहेकाे पनि बताए । केहि दिन यता माेरङकाे सुन्दरहरैचा , बेलबारि र कानेपाेखरी क्षेत्रमा ठुलाे संख्यामा हात्ती देखिदै आएका छन । 

प्रतिक्रिया

सम्बन्धित