आजको तरकारी मूल्य, गोलभेडा ५० किलाे

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार को न्यूनतम मूल्य प्रतिकेजी हरियो अंगुर १५०  रुपैयाँ, अनार ३०० रुपैयाँ हरियो अंगुर २२० र कालो अंगुर ३२० रुपैपाँ, किवी ३०० रुपैयाँ, आभोबाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३५ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ११० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै, सखरखण्ड ६० रुख कटहरर ११० रुपैयाँ तोकिएको छ । यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, लाम्चो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्र भइरहेको छ।

यता, चमसूर र पालूगो साग ११० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, तरार्इ परवर ११० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६५ रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ।

ब्रोकाउली ३० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन २५० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा २४० रुपैयाँ र रहु माछा ३६० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित