सुकुना क्याम्पसमा हाँस्यब्यङ्यकार मनोज गजुरेलकाे वेजाेड प्रस्तुती

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पस तथा  स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा विभिन्न सँस्कृतिक तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।    उत्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा  क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै नवआगन्तुत विद्यार्थीहरूलाई स्वागत गरेका थिए । उनले क्याम्पसले विद्यार्थीमा रहेका सिप‚ ज्ञान र क्षमतालाई प्रोत्साहन गर्दै क्याम्पसलाई पूर्वकै शैक्षिक केन्द्र बनाउने गरी योजना तर्जुमा गरिएको घोषणा गरेका छन् ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो बनाउने कार्यमा विद्यार्थीहरूको साथ सहयोगको अपेक्षा गरेका थिए ।    

कार्यक्रममा अखिल क्रान्तिकारीका सत्तीस कार्की‚ नेविसङ्घका विजय ओझा‚ अनेरास्ववियूका रोहन खत्री र अनेरास्ववियुका योगेश दाहालले विद्यार्थी एकतामा जोड दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वगत गरेका थिए ।  स्वागत कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ‌ओझाले गरेका थिए । दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सञ्चालन स्ववियु सदस्य ज्ञानु घिमिरेले गरेकी थिइन् ।   

 

  

दोस्रो चरणमा अतिथिका रूपमा उपस्थित राष्ट्रिय रूपमा ख्यातिप्राप्त हाँस्यव्यङग्यका सम्राट मनोज गजुरेलले राजनीतिक‚ सामाजिक‚ साँस्कृतिक र शैक्षिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति माथि कडा व्यङ्ग्य प्रहार गर्दै जनस्तरबाट सुसञ्चालित यति भव्य रूपमा सञ्चालित सुकुना बहुमुखी क्याम्पसबाट आफू लोभिएको र क्याम्पस हेर्दा‚ क्याम्पसको गुणस्तर सुन्दा र यहाँको एकता देख्दा युरोपको विश्ववद्यालय जस्तो अनुभूति भएको कुरा उल्लेख गरे । यस्तो क्याम्पसलाई छोडेर उच्चशिक्षाका लागि काठमाडौँ र विदेशको कुनै अर्थ नरहेको भनी गजुरेलले सुकुना क्याम्पसको प्रशंसा गरेका थिए ।   

 कार्यक्रममा विद्यार्थी कलाकारहरूले ५ वटा गायन र ३२ वटा नृत्य प्रस्तुत गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्ववियु उपाध्यक्ष भोजराज रिजालले सबै सहभागिहरूलाई स्वागत गरेका थिए। उक्त कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका सङ्घ सङ्गठनका नेता‚ पूर्वस्ववियुका सभापति एवम् पदाधिकारीहरू‚ पूर्वविद्यार्थीहरू‚अभिभाव पत्रकारहरूको उपस्थिति रहेको बेहोरा सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित