पुस १७ गते डिजिटल पेन्टसकाे उपहार घाेषणा कार्यक्रम : भाग्यसाली बिजेताले पाउनेछन रू १ लाख सम्मकाे बम्पर उपहार

इटहरी /  केही महिना अघि उपहार तय गरेको डिजिटल पेन्टसले अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्दै आगामी पुस १७ गते विजेता घोषणा गर्ने भएको छ ।गत भदौमा डिजिटल पेन्ट्सको " डिजिटलको हर्ष, उपहारको वर्षा योजना सार्वजनिक गरेको यस कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२४लाई स्वागत गर्दै विजेताहरू र उनीहरूले पाएको उपहार घोषणा कार्यक्रम गर्ने भएको हो । डिजिटल पेन्टसका उत्पादन खरिद गर्दा फ्रिज देखि ल्यापटप,र बम्पर उपहारमा रु एक लाख नगदको बम्पर उपहार योजना ल्याएको थियो ।

ग्राहकले रु ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान स्क्रयाच कुपन पाउने , त्यस्तै २ थान स्क्रयाच कुपन बराबर एक आकर्षक ब्याग प्राप्त गर्न सकिने उक्त पेन्टसले योजना ल्याएको थियो । कुपनमा पेन्ट्सले बम्पर उपहार योजना रु १ लाख समेत राखेको छ । कुपनमा डेल ल्यापटप , ३२ इन्च एलइडी टिभी ,फ्रिज,र सान्त्वनामा भित्ते घडी समावेश गरिएका छन् । पहिलो उपहार स्वरूप एक थान डेल ल्यापटप राखिएको छ भने दोस्रोमा ३२ इन्चको एलइडी टिभी , तेस्रोमा फ्रिज ,चौथोमा सान्त्वना १५ जनालाई भित्ते घडी राखिएको छ ।

त्यस्तै पेन्टसले बम्पर अफरमा भने रु एक लाख को पुरस्कार राखेको छ । सो पुरस्कार घोषणा तथा वितरण कार्यक्रम आगामी पुस १७ गते तय गरेको हो । कार्यक्रम डिजिटल पेन्टसकाे फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित