खाेटाङकि चर्चित ‘भल्गर’ उमा चाम्लिङ सिक्किममा पक्राउ : सामाजिक सद्भाव’ बिथोलेको आरोप

इटहरी । एक नेपाली ‘भल्गर’ सिक्किममा पक्राउ परेकी छन् । सिक्किम पुगेकी नेपाली भल्गर उमा चाम्लिङ राईलाई ‘सामाजिक सदभाव’ बिथोलेको आरोपमा शनिबार पक्राउ गरिएको हो ।

सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न पुगेकी खोटाङकी भ्लगर राईलाई सिक्किमको राजधानी गान्तोकबाट पक्राउ गरिएको हो । उनले शनिबार पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको अर्को साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यही आधारमा उनलाई सिक्किमका मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरू जनाएका छन् ।

६ दिनअघि उनले पूर्व मुख्यमन्त्री पवन कुमार चाम्लिङसँगको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सत्तारुढ दलविरुद्ध भ्लगर चाम्लिङलाई प्रयोग गरिएको आरोप सत्ता पक्ष दलले लगाएको छ । सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताले भने, ‘चुनावको मुखमा विपक्षीले नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेको पाइयो ।’

चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान थालिएको सिक्किम प्रहरीले जनाएको छ । उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ । यता सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले भ्लगर चाम्लिङलाई सिक्किम सरकारले झुटा आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित