तमु ल्हाेसारमा मुख्यमन्त्री कार्कीकाे सुभकामना : लेटरप्याडमा लेखिएन काेशी प्रदेश : सुरू भयाे जताततै बिराेध

 इटहरी । मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन् । आफनोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भए पछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन् ।

पुर्वी नेपालमा पहिचानबादी आन्दोलन जारी रहेको बेला उनीहरुको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुन सक्ने अनुमान गरिएको छ । संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले कोशी प्रदेशको नाम उल्लेख नगरे पछि यस घटनालाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

अहिले ‘कोशी प्रदेश’ उल्लेख नभएको कार्कीले लेटर प्याड सार्वजनिक भए पछि उनी 'कुन प्रदेशका मुख्यमन्त्री हुन ?' भनेर प्रश्न गर्न थालिएको छ । सामाजिक सञ्जालभरी कुन प्रदेशका मुख्यमन्त्री हुन ? भनेर प्रश्न गर्न थालिएको छ ।  एकजनाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सायद उनी लाबण्य प्रदेशका मुख्यमन्त्री होलान ।’


  

प्रतिक्रिया

सम्बन्धित