बेतना सिमसार सामुदायिक बनमा ५ जना सर्बसम्मत चयन

बेलबारी । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको ९ बर्षपछि यहि पौष १८ गते हुने निर्बाचनका लागि उम्मेदवारी दिएकामध्ये ५ जना सर्बसम्मत चयन भएका छन ।

समुहको कोषाध्यक्षमा बिन्दुकला गुरुङ,सहसचिवमा राजन प्रसाईं ,अनुगमन समिति संयोजकमा कमल कोईराला र लेखा समिति महिला सदस्यहरुमा मनकुमारी गिरी र पवित्रा राई निर्विरोध निर्वाचित भएका छन । ति पदहरुमा अन्य उम्मेदवारी नपरेपछि उनीहरु सर्बसम्मत भएका हुन । समुहको अध्यक्षमा शम्भु भट्टराई र पबृत खालिङ चुनावी प्रतिष्पर्धामा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित