न्यू जनएकता साकोस बेलबारी ११ को अध्यक्षमा बस्नेत

बेलबारी । बेलबारीका ठुला सहकारीहरु मध्येको एक बेलबारी ११ को न्यू जनएकता बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र बस्नेत सर्बसम्मत चयन भएका छन । शनिबार बेलबारी ११ स्थित लक्ष्मी माविको प्रांगणमा भएको १८ औँ बार्षिक साधारणसभाबाट उनी अध्यक्ष चयन भएका हुन । यसअघि बस्नेत संस्थाको ब्यबस्थापक,सहसचिब हुँदै ३ कार्यकाल सचिबमा रुपमा कार्यरत रहेका थिए ।

संस्थाको उपाध्यक्षमा बलबहादुर मगर,सचिबमा सुर्य अधिकारी,सहसचिबमा अमृत देवान,कोषाध्यक्षमा बालकुमारी खडका चयन भएका छन । यसैगरी सदस्यहरुमा राजु बस्नेत,किरण सुवेदी,दुर्गाबहादुर खडका,तारादेवी ढकाल,लक्ष्मी श्रेष्ठ र उर्मिला सुबेदी चयन भएका छन । लेखा संयोजकमा लालकुमार गुरुङ,सदस्यहरुमा सीता पोडेल र गणेशबहादुर पोख्रेल चयन भएको प्रमुख निर्बाचन आयुक्त गोबिन्द भण्डारीले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित