भोजपुरमा ६ कराेडमा निमार्णधीन पक्की पुल भाँचियो

भोजपुर / भोजपुरमा इर्खुवा खोलामा निमार्णधीन पक्की पुलको संरचना भाँचिएको छ। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भाँचिएको हो ।

निर्माणधिन पुल भाँचिएका कारण मानवीय क्षति भएको छैन । षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासका अनुसार पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भाँचिएको हो । खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो । त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो । आज बिहान अचानक भाँचिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएको थियो । पुल दिव्यज्योति धनञ्जय जेभीले ६ करोड ३० लाख रूपैयाँमा निर्माण गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित