कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा संचालन अवस्थामा रहेको कोशी प्रदेश प्रहरी अस्पताल यथावत राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । उक्त अस्पताल इनरुवामै राख्न सुनसरीका क्रियाशील राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबार ध्यानाकर्षण गराएका छन् ।सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्रमा राजनीतिक पार्टीहरुको तर्फबाट नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगाना,नेपाली कांग्रेसका नेता सिताराम मेहता, नेपाली कांग्रेस, सुनसरी सभापतिरप्रमुख इनरुवा नगरपालिका केदार भण्डारी,नेकपा ९एमाले० केन्द्रीय अनुशासन आयोग सदस्य पोष्ट कुमार नेपाल,नेकपा ९माओवादी० सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल ९पप्पु०, जसपा नेपाल, सुनसरी अध्यक्ष भगिरथ खत्वे,नेकपा ९एस० सुनसरी अध्यक्ष – गोविन्द निरौला,राप्रपा सुनसरी अध्यक्ष – दुगां वहादुर बस्नेत,रा।स्व।पा। इनरुवा सभापति छविरमण भट्टराई,लोसपा सुनसरी अध्यक्ष रामनारायण यादव,जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहता – जनमत पार्टी सुनसरी अध्यक्ष रामचन्द्र मेहता,कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता,इस्राइल मन्सुरी, सदानन्द मण्डल,नेपाली कांग्रेस सुनसरी नेता संजय प्रसाद श्रेष्ठ,नेकपा (एमाले) जिल्ला सचिव पर्शुराम यादवले समर्थन जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्रमा इनरुवा नगरपालिका सुनसरी जिल्लाको सदरमुकाम भएपनि आधारभूत विकासको सवालमा धेरै नै पछाडि रहेको, अझ स्वास्थ्यको क्षेत्रमा यो ठाउँ अत्यधिक पिछडिएको छ । नगरपालिकामा रहेको एकमात्र अस्पताल जिल्ला अस्पताल सुनसरी, इनरुवामा अत्यधिक चापका कारण बिरामीहरुले निकै नै सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै भएको अस्पतालको अवस्था पनि दयनीय रहेको, सामान्य शल्यक्रियाका लागि पनि विरामीहरुलाई विराटनगर, धरान रेफर गर्नुपर्ने बाध्यता रहेको हुँदा आधारभूत जनस्वास्थ्य जस्तो अति संवदेनशील क्षेत्रको यस्तो दुर्दशाप्रति अति गम्भीर भई इनरुवा नगरपालिका वडा नं। २ जिल्ला समन्वय समिति, सुनसरीको परिसरमा संचालन भइरहेको प्रहरी प्रदेश अस्पताललाई उद्घाटन र संचालन गर्न विभिन्न खाले ढिलासुस्ती भइरहेको हुँदा उक्त अस्पताल इनरुवामा नै स्थापना तथा संचालन गर्नका लागि सुनसरी जिल्लामा रहेका सबै क्रियाशील राजनीतिक दल र जनप्रतिनिधि, नागरिक समाज, व्यापारी, व्यवसायी, बुद्धिजिवि, किसान, मजदूर एकजुट भएर र त्यसका लागि सबै तहका जनप्रतिनिधि समेतलाई सहभागी गराई प्रदेश प्रहरी अस्पताल इनरुवामा नै स्थापना र संचालन गर्न केही दिनदेखि विभिन्न छलफल र मिटिङ्गहरु बसी अस्पताल संचालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरुको आर्थिक सहयोगमा लाखौं रकम खर्च भइसकेको हुँदा अहिले फेरि उक्त प्रहरी अस्पताल यहाँवाट अन्यत्र सार्ने चर्चाले हामीलाई एकदमै चिन्तित बनाएको उल्लेख गरिएको छ ।

“जनस्वास्थ्य प्रत्येक नागरिकको सरोकार हो आधारभूत सेवासुविधा पाउनु हामी सबैको अधिकार हो” भन्दै सम्पूर्ण नगरबासी र सरोकारवालाहरुको लामो अथक प्रयासपछि सम्भव भएको कोशी प्रादेशिक प्रहरी अस्पताल जुनसुकै परिस्थितिमा इनरुवामै रहनुपर्छ भन्ने माग गर्दै प्रधानमन्त्री प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएको बताउदै सार्न खोजेको अवस्थामा आन्दोलन गर्न बाध्य हुने सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित