इटहरी उपमहानगर प्रमुख हेमकर्ण पाैडेल भन्छन : एमालेले सस्ताे लोकप्रियताको पछि लागेर जनतामाझ गलत प्रचार गर्याे

इटहरी / इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पाैडेलले आफ्नो नेतृत्वको स्थानीय सरकारलाई असफल बनाउन नेकपा एमालले अनेकाै चाल चल्नेगरेकाे आरोप लगाएका छन् । कार्यपालिकामा दुई तिहाइ बहुमतको दम्भ देखाउँदै नेकपा एमालेले इटहरीलाई अस्थिरता र द्वन्द्व तर्फ धकेल्दै आएको मेयर पाैडेलले आरोप लगाए ।

बिहीबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यपालिका बैठकमा आफै सहमति गरेर एजेन्डा पास गराउने तर बाहिर जनतामाझ भने नगर प्रमुखलाई गलत देखाउने खालको प्रचारबाजी गरिरहेको बताए । १३ औ नगरसभाबाट दुई तिहाइ बहुमतका साथ कर वृद्धि गराएर अघि बढ्नुपर्छ भनेर सल्ला पनि एमालेले नै दिएको र सोही सल्लाह बमोजिम कार्यपालिकाबाट दुइतिहाइ बहुमतका साथ पास भएको तर बाहिर भने मेयरले कर बढाएको भनी गलत प्रचार गरेर नगरवासिमाझ दूधको साक्षी बिरालाे बनेको मेयर पौडेलको भनाइ छ ।

कर घटाउने विषयमा आफू सदैव सकारात्मक रहेको र देखिएको भएपनि नगर सभा बैठकमा पटक पटक विवाद झिकेर मिति सार्न आग्रह एमालेकै जनप्रतिनिधिहरूले गरेको तर बाहिर सामाजिक सञ्जालमा भने मेयरलाई दोषी देखाउने गरेको उनले बताए । एमालेको जनप्रतिनिधिहरूकाे तमासा हेर्दा हेर्दा वाक्क लागेकाे र बाध्य भएर आज पत्रकार साथीहरूसँग मनभित्रको कुराहरू पाेख्दैछु ।

वास्तविक केहाे त्यो बताउदैछु मेयर पाैडेलले भने । सहमति र सहर्कायकालागि सदैव लचिलाे बन्दै जाँदा एमालेका जनप्रतिनिधिहरूमा दुई तिहाइ बहुमतको दम्भ देखिन थालेको र जसरी भएपनि आफ्नो कार्यकाललाई असक्षम र असफल बनाउन भित्र एक थरी र बाहिर अर्को थरी कुरा गरेर मेयरलाई दोषी देखाउने गरेको उनकाे आरोप थियाे ।

पार्टीबाट चर्को दबाब आयकोले कार्यपालिका बैठक सार्ने सहमति एमालेबाटै भएको तर मेयरले बैठक स्थगित गर्याे भनेर बाहिर प्रेस विज्ञप्ति निकाल्दा एमालेका जनप्रतिनिधिहरूकाे राजनीतिक कुण्ठा बोलेको मेयर पौडेलको भनाइ थियाे । कर घटाउने विषयमा केन्द्रित बनेको पुस ११ गतेकाे कार्यपालिका बैठकमा पनि आफू लचिलाे बनेको बताउँदै एमाले जनप्रतिनिधिहरू नै बसेर बैठक स्थगित गराै भन्ने प्रस्ताव अनुसार सूचना निकालिएको तियो तर बाहिर भने नगर प्रमुखले बैठक स्थगित गरेको भनी गलत हल्ला तथा सञ्चार माध्यममा समाचार आएपछि आफू छक्क परेकाे मेयर पाैडेलले पत्रकार सामु बताए ।

उनले आक्रोशित मुद्रामा भने इटहरी उपमहानगरको कार्यपालिका बैठकमा एमालेको उपस्थिति नै छैन । हरेक कुरामा भागबन्डा खाेज्छन । मेयरकाे कुर्सिमा बसी सकेपछि मैले बिकाशका कार्यहरू होस या कुनै कर्मचारी भर्ना वा कुनै विषयमा पनि राजनीतिक भागबन्डाको अन्त्य गरेको छु मेयर पाैडेलले थपे ।

प्रतिक्रिया

सम्बन्धित