सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाकै १ लाख २२ हजार रुपैयाँ पुग्यो

काठमाडौं / सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो।

यसअघि १८ मंसिरमा १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । यसलाई तोड्दै बिहीबार नयाँ रेकर्ड कायम गरेको हो । 
 

प्रतिक्रिया

सम्बन्धित