रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
रौतहट। भारतीय अपराधिबाट अपहरणमा परेका दुईजनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ । उनीहरुलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको जिम्मा लगाएको छ ।
चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षिय कुष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ बर्षिय दिपेन्द्र महतलाई भारत विहारको सीतामढीबाट भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले अपहरणमुक्त गराएको हो । बुधवार नै उनीहरुको अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पुस ५ गते विहान साँढे १० बजेको समयमा दुबैजना रौतहटको चन्द्रपुर जान्छु भन्दै मोटरसाइकलमा हिडेका थिए । पुस ७ गते बेलका सात ५१ बजेको समयमा थापाले अपहरणमा परेको र ६ लाख रुपैया फिरौती माग गरेको भन्दै श्रीमतीको म्यासेन्जरमा कल गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्र प्राप्त भएपछि सीमावर्ती सीतामढी प्रहरी संग समन्वय गरेर सम्भावित स्थानहरुमा खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले सीतामढी प्रहरी र रौतहट प्रहरीको खोजतलास पछि मंगलवार सीतामढीबाट थापा र महतलाई सकुशल अपहरणमुक्त गराई गौर ल्याइएको बताए । अपहरणमा संलग्न ६ जना लाई बिहारको सीतामढी प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक शिर्षकमा जाहेरी लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको उनले जानकारी दिए । भारतमा अपराधीहरु पक्राउ पर्दा त्यहीको कानुन अनुसार पीडितको जाहेरी लिएर आवश्यक कारवाही अघि बढाइएको एसपी श्रेष्ठले बताए ।
अपहणमुक्त भएका दुबैजनालाई प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरी आफन्तलाई जिम्मा लगाई चितवन तर्फ पठाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन ।
अपहरणमा संलग्न सीतामढी जिल्ला डुम्रा मेहसोल २७ का मोहम्मद लियाकत राइनको छोरा मोहम्मद अकबर, मोहम्मद नईम, बर्ष ३० का कौशर अली, बर्ष २० का मोहम्मद सदाब, बर्ष २७ का मोह्म्मद इर्साद र बर्ष ३३ का रामनरेश कुमारलाई सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही अघि बढाएको जानकारी दिदै प्रवक्ता गिरीले खुला सिमा भएको हुँदा नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्नेहरु माथि दुबै देशका प्रहरीहरुले गम्भीर भई सीमा क्षेत्रको अपराधलाई न्यूनीकरण गर्ने क्षेत्रमा लागि परेको बताईन ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_xDkalSepbF_8aatrxflbusrg1xozpa8h09kne1h2pecscmjbjvv3blr4nqjwtjyn3nwqwks.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_34LLLFx8On_ckj31nuguyd7nanqfqaim1jbm7iolyilgaifggkiqwwmh0dcjcphpzaszwlz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_gqXMPojHon_4dflodmkskwcn2ljhwq817dndzdbj9oedu0gavoojeeqsvuvsnbp6pqci5gu.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया