विराटनगर, दुहबी र इटहरीमा अब अनलाइनबाटै रोजगारीको अवसर

विराटनगर । कोशी प्रदेशमा श्रम बजार सूचना प्रणालीको सुरुवात भएको छ। रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा श्रम सञ्चार शुभारम्भ स्विस कनट्याक्ट साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो ।

यस परियोजनाले कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका र दुहबी नगरपालिकालाई आधार बनाएर काम सुरु गरेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोर रहेको ३ पालिकाबाट सुरु भएको यो कार्यक्रम आगामी दिनमा कोशी प्रदेशका १३७ पालिकामा नै पुर्‍याउने योजना रहेको स्विस कनट्याक्ट कार्यक्रम अधिकृत सागर चापागाईँले जानकारी दिए ।

‘यो काम खोज्नका साथै रोज्नका लागि निःशुल्क माध्यम हो, उनले भने, अर्कोतर्फ यो प्रणाली प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको जिआईडिसिसँग लिङ्क भएकाले पनि हाम्रा डाटाहरू सुरक्षित रहेका छन् ।’ प्रणालीमा हालसम्म ३ हजार ४ सय बढी संस्था तथा व्यक्ती दर्ता भएका छन् । तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको सोही अवसरमा जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित