चिसोले सुत्केरीको मृत्यु

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका -९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको त्रिपालमा मृत्यु भएको छ।  २४ दिनअघि जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालभित्र मृत भेटिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

मंसिर १७ गते दुई छोरा जन्माएकी नेपालीको मृत्युको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ हिँडेको छ। अध्यक्ष बस्नेतका अनुसार सुत्केरीको चिसोका कारण ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित