इटहरीको नगर सभा अर्को सूचना जारी नभए सम्म स्थगित

इटहरी । इटहरी उपमहानगरपालिकाको १४ औँ नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । आज( बुधबार) दिउँसो १ बजे बस्ने भनिएको १४ औँ नगर सभाको बैठक विशेष कारणबस स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बैठक स्थगित बारे जानकारी दिएको छ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘ गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन,२०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ । ’ केही समय अघि बसेको उपमहानगरको कार्यपालिकाको बैठकले इटहरीमा लामो समय देखी विवादित बन्दै आएको कर विषयमा समितिको प्रतिवेदन अनुसार कर समायोजन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित