सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं  / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

मंगलबार प्रतितोला एक लाख २० हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज घटेको छ । तोलामा १० रुपैयाँ घटेर आज एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार एक हजार ४८५ रुपैयाँ मूल्य तोकिएको थियो । पुस १ गते छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यसयता सुनको मूल्य बढ्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित