उपचाररत महिलाको मृत्यू भएपछि मनमोहनमा तनाव

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यू भएपछि विरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् । विरामीको उपचारमा लापरबाही भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरिरहेका छन् ।

अस्पतालमा भीड बढेपछि प्रहरी सुरक्षा बढाइएको छ ।बिर्तामोड ३ निवासी नर्वदा बाँस्कोटाको उपचारको क्रममा मृत्यू भएको परिवारको आरोप छ । खुट्टा सुन्निएर सोमवार विहान उपचारका लागि भर्ना गरिएको विरामीको साँझतिर मृत्यू मामा पर्वत ओझाले जानकारी दिए । विरामीको के कारणले मृत्यू भएको अस्पतालले सार्वजनिक गरिसकेको छैन ।

अहिले सोहि विषयमा इलाका प्रहरी कार्यालय अनारमनीमा छलफल चलिरहेको मृतकका मामा ओझाले जानकारी दिए । उनले मृतकको २ जना साना नानी समेत भएकाले त्यसलाई केन्द्रमा राखेर छलफल गर्ने जानकारी दिए ।अस्पताल प्रशासनसँग प्रहरी रोवरमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित