मोरङको उर्लाबारी क्षेत्रमा जङ्गली हात्तीको आतंक

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ । उर्लाबारी नगरपालिकाको १, २ र ४ लगायतका वडाहरुमा दिनहुँ जसो जङ्गली हात्तीले आतंक मच्चाउने गरेको छ ।

सोमबार पनि बिहानको समयमा उर्लाबारी २ सुविधारे झोडा माथ्लो डुम्रे क्षेत्रमा खेम बहादुर शिवाको घरमा हात्तीले क्षति पुर्याएको छ । बिहान आएको एउटा जङ्गली हात्तीले शिवाको घरमा राखेको धान खानुका साथै घरमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित