यस्तो रह्यो  नमुना कलेज बिएचएम का विद्यार्थीहरूले आयोजना गरेका क्रिसमस पार्टी (तस्विरहरू सहित)

इटहरी । नजिकिदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै इटहरीस्थित नमुना कलेज अन्तरगत बिएचएम २०२२ ब्याचका विद्यार्थीहरूले आइतबार एक दिने क्रिसमस पार्टी सम्पन्न गरेका छन् । कलेजको इभेन्ट म्यानेजमेन्ट अन्तरगत हाेटल म्यानेजमेन्ट २०२२ का विद्यार्थीहरूले एक दिने कार्यक्रम सम्पन्न गरेका हुन ।

कलेजका संस्थापक केशव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १५० भन्दा बढी विशिष्ट ब्याक्तीहरूकाे उपस्थिति रहेको थियो । कार्यक्रममा लेफ्टिनेन्ट र इन्डियन सहित विभिन्न खानाका परिकारहरू सहित गीत सङ्गीतको पनि आयोजना गरिएको थियो । 

विद्यार्थीहरूलाई किताबको मात्र नभई व्यवहारिक शिक्षा सँगै पर्यटन प्रवर्द्धनको विषयमा जानकारी रहाेस् भनेर सो कार्यक्रम आयोजना गरिएको कलेजका विएचएम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिए । कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई , कलेज निर्देशक धर्म न्यौपाने , सोल्टी वेस्टेनका सागर घिमिरे , कलेजका संस्थापक केशव खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित