इक्यान पुर्वाञ्चलको चौथौ अधिवेशनमा रविन्द्र निरौलाको अध्यक्षमा दावेदारी

इटहरी । शैक्षिक परामर्श संघ पुर्वाञ्चलको चौथौ अधिवेशन नजिकी रहेको समयमा संघका कोषाध्यक्ष रविन्द्र निरौलाले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन ।   इक्यानको पुर्वाञ्चलमा एक कार्यकाल सदस्य र हाल कोषाध्यक्ष रहेका निरौलाले अध्यक्षको दावेदारी गरेका हुन ।

इटहरी क्षेत्रमा रहेर विगत २३ वर्ष देखि अनवरत रुपमा शैक्षिक परामर्श सेवाका क्षेत्रमा काम गर्दै आएको र विगतमा आफुले सदस्य तथा हाल कोषाध्यक्ष भएर काम गरिरहेको र इक्यानलाई अझ सफल वनाउन आफुसंग विभिन्न एजेण्डाहरु रहेकाले अध्यक्ष पदमा दावी गरेको निरौलाले वताए ।

उनले संस्थाको गरिमालाई कायम राख्दै, सस्थाको उदेश्य अनुरुप सम्पुर्ण शैक्षिक परामर्शसँग सम्बन्धित सस्थाहरु सहकार्य समन्वय र  भाइचारा सम्वन्ध  राखी पेशागत हकहितका लागी काम गर्ने जनाएका छन । उनले कोशी प्रदेशमा रहेका विभिन्न जिल्लाहरुका इक्यानका क्षेत्रमा काम गर्ने संस्थाहरुलाई एकतावद्ध गर्ने देखि लिएर इक्यानलाई व्यवस्थित गर्न कर्मचारी राखी कार्यालय सञ्चालन गर्ने लगायतका एजेण्डाहरु अघि सारेका छन ।

प्रतिक्रिया

सम्बन्धित