भर्जिनियाको १० औं निर्वाचन क्षेत्रबाट नेपाली मूलका सेवानिवृत पूर्व अमेरिकी सैनिक एड्रियन पोखरेलद्वारा उम्मेदवारी घोषणा

नेपाली मूलका सेवानिवृत ,डिसएबल अर्थात् अक्षम (बिकलीकृत)युद्धमा घाइते भएका पूर्व अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा अनुभव बटुलेका एड्रियन पोखरेलले भर्जिनियाको १० औं निर्वाचन क्षेत्रबाट उम्मेदवारीको घोषणा गरेका छन् । उनको नेपाल मूल घर सुनसरी धरान विजयपुर हो । उनि अफगानिस्तानमा हुँदा युद्धमा घाइते भएका हुन् ।

उनले डेमोक्र्याटिकको तर्फबाट अर्को बर्ष २०२४ को नोभेम्बरमा हुने अमेरिकी संसद पदको लागि डिसेम्बर १७ ,२०२३ आइतबारका दिन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अमेरिकी मूलधारको राजनीतिमा होमिदै उनले अमेरिकी सांसदको लागि भर्जिनिया राज्यको १० औं कंग्रेसनल जिल्लाको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी भर्जिनिया राज्यको लागि राज्य जन प्रतिनिधि नभई सिधै अमेरिकी संसदका लागि उम्मेदवारी हो ।

भर्जिनियाको गेन्सभिल बसोबास गर्दै आएका एड्रियन पोखरेल एक अनुभवी सार्वजनिक सेवक हुन् । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन्। एक आधिकारिक वक्तब्य जारी गर्दै पोखरेलले भने, ‘काँग्रेसमा उम्मेदवारी दिने घोषणा गर्न पाउँदा म उत्साहित छु । मेरो जीवन वृति (क्यारियर) सेना, राष्ट्रिय सुरक्षा एजेन्सी, र केन्द्रीय गुप्तचर सँस्थासंग समेत बिस्तार गर्ने अवसर पाएकोले १० औं जिल्लाका जनताको लागि सेवा गर्न मलाई अनुभवले तयार पारेको छ। म एकतालाई बढावा दिन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न प्रतिबद्ध छु।

उनको मुख्य कार्यसूची अनुसार जिल्लाको समृद्धिलाई अगाडि बढाउन र वाशिंगटनमा प्रभावकारी रूपमा यसका बासिन्दाहरूलाई प्रतिनिधित्व गर्न आफ्नो व्यापक पृष्ठभूमिको लाभ उठाउने लक्ष्य राखेको उल्लेख गरेका छन् ।पोखरेलको चुनावी अभियानको केन्द्रविन्दु “यू म्याटर” दर्शन हो अर्थात् जनता नै महत्व रहेको छ । सबै घटकहरूलाई फाइदा पुग्ने समावेशी समाधानहरूमा ध्यान केन्द्रित गर्दै उनले जिल्लाका विविध समुदायहरूलाई एकताबद्ध गर्ने योजना बनाएका छन ।

बिज्ञप्तिमा पोखरेलले १० औं जिल्लामा निष्ठा र पारदर्शिताका साथ कार्य गर्दछु भनि प्रतिबद्धता जाहेर गरेका छन् ।  एड्रियन पोखरेलको चुनावी अभियान बारे आफ्नो बिबरण यसरी दिएका छन् ।

एड्रियन पोखरेल
फोन: ७०३-७७४-५४२२
इमेल: [email protected]
वेबसाइट: adrian4congress.org

https://www.facebook.com/adrianforcongress?mibextid=LQQJ4d

वेबसाइट: https://adrian4congress.org/?fbclid=IwAR3ySNjUW7Hz327reNBqwpMCctEXe2RVfyzdVFu7bIlYLbkxfnzgWSWzueY

यो यात्रा म एक्लै गर्न सक्ने होइन । तपाईहरुको समर्थन यस प्रयासको आधारशिला हो। सँगै हामी हाम्रो आवाजलाई विस्तार गर्न सक्छौं र हाम्रो समुदायलाई आवश्यक पर्ने एकतालाई अगाडि बढाउन सक्छौं। म विनम्रताका साथ तपाईहरुको समर्थन चाहन्छु ,बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित