इटहरी ४ नं वडा कार्यालयको बेथिति : वडाध्यक्ष सहित सिङ्गो टिम मुस्ताङ भ्रमणमा , सेवाग्राहीहरू मार्कामा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका अन्तरगत ४ नं वडा कार्यालयका वडाध्यक्ष सहित ८ जनाको टोली मुस्ताङ मुक्तिनाथ भ्रमणमा निस्किएपछि कार्यालयबाट प्राप्त हुनै सबै सेवाहरू अवरुद्ध बनेका छन् । वडाध्यक्ष भक्त लामा , वडा सचिव अर्जुन सुवेदी सहित ८ जनाको समूह शनिवार देखि मुस्ताङ भ्रमणमा निस्किएका हुन ।  इटहरी उपमहानगरले विनियोजन गरेको २ लाख ५० हजार भ्रमण खर्चमा वडाध्यक्ष लामा , वडा सचिव अर्जुन सुवेदी सहित सबै जनप्रतिनिधिहरू मुक्तिनाथ भ्रमणमा निस्किएका हुन ।   

दैनिक विभिन्न सिफारिस लिन आउने सेवाग्राहीहरू कार्यालयमा कोही नभेटिएपछि रित्तै फर्किन बाध्य बनेका छन् । कार्यालयले कुनै सूचना जारी नगरी सेवा नै अवरुद्ध हुने गरी भ्रमणमा निस्किएपछि दैनिक सय भन्दा बढी सेवाग्राहीहरू मार्कामा परेका हुन ।

इटहरी ४ कि दिपा लिम्बु जग्गाको लालपुर्जा सम्बन्धी सिफारिस लिन वडा कार्यालय पुग्दा २ जना कर्मचारी मात्रै भेटिएको गुनासो पोखिन । कार्यालयका वडाध्यक्ष ,वडा सचिव सहितको समूह मुस्ताङ भ्रमणमा निस्किएकोले काम नहुने कर्मचारीले बताएपछि आफू निराश भएर फर्किएको दिपाले बताइन । दिपा जस्तै अन्य सेवाग्राहीहरू पनि कार्यालयबाट कुनै सेवा नपाएपछि जनप्रतिनिधिहरूमाथी आक्रोश व्यक्त गरेका छन् ।  कर्मचारी भ्रमणमा गएको बारे कार्यालय परिसरमा कुनै सूचना टाँस गरिएको छैन । बिना जानकारी सिङ्गो समूह नै यसरी भ्रमणमा निस्किएपछि कार्यालयबाट प्रवाह हुने सानो भन्दा सानो सेवाहरू पनि प्रभावित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित