सुन्दरहरैँचाका मेयरले भ्रष्ट्राचार गरेको राजनीतिक दलको आरोप

सुन्दरहरैँचा / सुन्दरहरैँचाका मेयर केदार प्रसाद गुरागाईँले भ्रष्ट्राचार गरेको छ राजनीतिक दल र दुई उद्योग वाणिज्य सङ्घका अध्यक्षले आरोप लगाएका छन् ।पालिकाको खोला नालाको नियोजित रूपमा ठेक्का नलगाई अमानतमा कर उठाउने बहानामा करोडौँ भ्रष्टाचार गरेको उनीहरूले आरोप लगाएका छन् । यस्तै मेयर गुरागाईँले हचुवाको भरमा पालिकामा शिक्षकहरूको सरुवा गर्दा ५ हजार सरुवा शुल्क लिने गरे पनि आरोप लगाएका छन् ।

राजनीतिक दलहरूले विभिन्न १६ बुँदे असन्तुष्टि व्यक्त गर्दै त्यसको सम्बोधन नगरे आन्दोलन तथा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । सुन्दरहरैँचाका ६ राजनीतिक दल, सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ र दुलारी उद्योग वाणिज्य सङ्घका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । सुन्दरहरैँचामा हुने पूर्वाधार विकासमा पहल नगरेको, एकलौटी गरेको भन्दै पुस १५ गते भित्रमा उचित पहल नगरे पुस १६ गते नगरपालिकामा सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तथा तालाबन्दी समेत गर्ने चेतावनी दिएका छन् ।

पुस ५ गते संयुक्त विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरूले आन्दोलनको चेतावनी दिएका हुन । नेपाली काँग्रेस सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष दुष्यान्त भट्टराई, नेकपा (एस) अध्यक्ष तिलकप्रसाद ढकाल, रास्वपा सभापति टेकमणि न्यौपाने, जनमुक्ति पार्टी उपाध्यक्ष पुरन राई, जसपा अध्यक्ष शङ्कर देवान, सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घ अध्यक्ष जीवन ढुङ्गानाले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका छन् ।

इन्द्रपुर रङ्गशाला तथा औद्योगिक प्रदर्शनी स्थलको लागि घेरा बारा गरिएको जग्गा अतिक्रमण हुँदा मेयर मौन भएको, निर्माणाधीन हसिना सिमसारको कार्य अलपत्र पारेको जारी १६ बुँदे असन्तुष्टि पत्रमा उल्लेख गरिएको छ । यस्तै बाघ झोडा सिमसार क्षेत्र, किच्चकगढी, नयाँ वृन्दावन गौशाला जस्ता पर्यटकीय क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन नगरी अलपत्र पारेको उनीहरूको आरोप छ । इटहरी उपमहानगरपालिकासँग सिटी सफारी व्यवस्थापनका लागि उचित समन्वय गर्न नसकेको पनि राजनीतिक दलहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित