विराटनगरको ह्यापी आवर हेवेनमा क्रिसमसदेखि नयाँ बर्षसम्म बिशेष

विराटनगर / ४ कन्चनबारी पिपल चोकस्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले आउदै गरेको क्रिसमस र नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रम ल्याउने भएको छ।

विराटनगरका खाना प्रेमीहरुको लागि अहिले ट्रेनडिंङमा रहेको उक्त रेष्टुरेन्टमा डिसेम्बर २२ देखि जनवरी १ सम्म विभिन्न सांगीतिक कार्यक्रम तथा विभिन्न अफरसहित कार्यक्रमको आयोजना रहेको छ ।

कार्यक्रममा द स्मृति ब्याण्ड, ब्रोदर्स ब्याण्ड, श्रीषा ब्याण्ड, नाइन्टिज ब्याण्ड, द्वान अफ एन्जल्स लगायतका ब्याण्डको सांगीतिक प्रस्तुति सहित बिभिन्न खेल, सन्टा क्लज, गिफ्ट ह्याम्पर लगायतका कार्यक्रम समेत रहेको रेस्टुरेन्टका संचालक सरोज लम्सालले जानकारी दिए । साथै टेवल प्रि-बुकिङको सुविधा समेत रहेको र प्रि-बुकिङमा विभिन्न गिफ्ट ह्याम्पर पनि पाउने मौका रहेको उनले बताए ।

रेष्टुरेन्टमा नेपाली,चाइनिज,कन्टिनेन्टल,इन्डियन खानाका साथै "हेवेन बिशेष" परिकारहरु पाइन्छन । साथै, पाहुनाको चाहना अर्डर अनुसारको मासुको उत्कृष्ट परिकार साथै हाईजेनिक खाना तथा गुणस्तरीय खानाका पारखीहरुका लागिसस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको (मल्टी क्विजन) रेष्टुरेन्ट संचालनमा ल्याईएको हो। रेष्टुरेन्टमा बालबालिकालाई खेल्ने खेल सामग्री पनि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित