रातु नदी उत्खनन् आर्थिक प्रभाव र तस्करी गर्ने मनसायवाट प्रभावित भएको आरोप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/PXL_20231218_111503563.jpg_PTQu19mBvy_ztxv9qbppvdee3yirfdvgh9vyrduddte47qks4i0die2makxt9qbjdi2vsmp_EPsvq3Zldu_cnpipzxv2vltleixuwj8vmu0mrdtcbaoszyj3mzpop34wppfiwlrxlwtkiip.jpg)
महोत्तरी / रातु नदी उत्खनन् विरुद्ध बर्दिवास नगरपालिकाका राजनीति दलहरू एक जुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले उक्त नदी उत्तखनन गरेको भन्दै संरक्षणको पक्षमा उभिएका हुन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमत सहितका दलहरुले नगरले अवैध ढंगले गरेको उत्खनन् रोक्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । कुनियतपूर्वक आर्थिक प्रभावमा परेर नगरले उत्खनन् गरिरहेको बताउँदै विज्ञप्तिमा आमनागरिकहरूलाई सचेत रहन अपिलसमेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'आर्थिक स्रोत व्यवस्थापन गर्ने बाहानामा रातु नदीमा भइरहेको अनियन्त्रित उत्खननलाई तत्कालै रोक्न बर्दिबास नगरपालिकासहित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउँदछौ ।'
नगरले अहिले लगाएको ठेक्कामाथि नै प्रश्न चिह्न खडा गरिएको छ । नदीको पथलैया खण्डमा अहिले उत्खनन भइरहेको छ भने अन्य तीनवटा खण्ड सम्झौता प्रक्रियामा छन् । तर, आर्थिक वर्ष २०७७/०७८ मा लगाएको ठेक्का, अवैध उत्खननका कारण विवादित भई हाल जनकपुर उच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
तत्कालिन समयमा नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएका ठेक्केदार कम्पनीहरुले सम्झौता विपरित ७ गुणा बढी उत्त्खनन गरेका थिए । क्षति परिपूर्तिको अवस्थालाई समेत आंकलन नगरी अहिले पुन: ठेक्का लगाएर उत्त्खनन गर्नु नियमविपरित भएको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरले चुरे तथा नदी दोहनलाई पक्षपोषण गरिरिरहेको वताउदै पाटुस्थित रातु नदी बगरमा ताल बनाउने योजनासमेत नदीजन्य पदार्थ तस्करी गर्ने नियतबाट प्रभावित भएको दलका नेताहरुले आरोप लगाएका छन् ।
दुबईमा जलवायु परिवर्तन समबन्धी विश्व शिखर सम्मेलन (कोप-२८) सम्पन्न भएको र चुरे तथा वातावरण विज्ञहरुले नेपालको सन्दर्भमा जलवायु परिवर्तनका पानीको अभाव अझै बढ्दै जाने बताइरहेको वेला संरक्षणलाई प्राथमिकता राखेर काम गर्नुपर्ने अवस्थामा अझ चुरे नै विनास हुने गरी भइरहेको रातु नदीको उत्खनन कार्यलाई तत्कालै रोक्न विज्ञप्तिमा बर्दिवास नगरपालिकासँग माग समेत गरिएको छ ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_tLzHAIQ5nx_tiej76ajqdjvt8tzmqkyqqko2gqquykebxhzinycmuzccuk3vljffdp80rsu.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_EQfL5ym0et_2deez1uqtubx9tpjjuevqnobwhawxzp4tis3gzj3w81hx5jzgiilbbbytmiz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_hPkoti0jWd_5aibwuqyr9yzfznhshx8cisiihstmgijmlktkfyjglq4tu73vefzhvqb2xhe.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया