बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं /  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित