मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, एकजना घाइते

बारा । बाराको निजगढ नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एकजना घाइते भएका छन् । रौतहटबाट निजगढ तर्फ आउँदौ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् । बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित