रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना : पाँच जनाको मृत्यु, आठ घाइते

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको ज्यान गएको हो। 

आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की  र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। 

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।  नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्धार गरिएको छ। दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल लगिएकोमा उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित