इटहरीले अन्य पालिकाका सिटि सफारीलार्ई टाईम कार्ड लगाएपछि सुन्दरहरैंचाका चालक आन्दोलित

माेरङ । इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन ।

केही महिना अघि पनि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा सिटि सफारीलाई प्रवेशमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले आन्दोलन गरे पश्चात् सहमतिमा पुनः प्रवेश खुल्ला गरेको थियो । इटहरी उपमहानगरपालिकाले पार्किङमा समस्या भन्दै इटहरी बाहिरबाट आउने सिटि सफारीहरुलाई प्रवेश गर्न रोक लगाएको छ । बुधबार दिउँसो सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरुले सुन्दरहरैचा नगरपालिका समेत घेराउ गरेका छन । उनीहरुले प्रतिबन्ध हटाउन माग समेत गरेका छन ।

अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्कीङ्ग व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उप महानगर पालिकाले मंगलबारदेखि सफारीमा टाइम कार्ड लागू गरेको थियो । छिमेकी पालिकाहरूबाट इटहरी नगर क्षेत्रभित्र सिटी सफारीहरू माल सामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्की हाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो । यसका लागि इटहरी प्रवेश गर्ने सबै नाकामा सफारीको इन्ट्री गर्ने र तोकिएको समय भित्र फर्कनु पर्ने व्यवस्था मिलाइएको इटहरी उप महानगर पालिकाले जनाएको छ ।

यात्रु र सामान लिएर इटहरीमा आउन पाइन्छ,इटहरी उप महानगरका मेयर हेम कर्ण पौडेलले भने‘इटहरीमा यात्रु र माल समान लिएर आउन पाइन्छ तर तोकिएको समय सीमा भित्र फर्कनुपर्छ ।’ उनले समय सीमा भित्र नफर्कने सफारीलाई कारबाही गरिने बताए । इटहरीसँग सिमाना जोडिएका सुनसरीको दुहबी, राम धुनी मोरङको सुन्दरहरैचा लगायतका पालिकाहरूमा दर्ता गरी ती पालिकामा सञ्चालन गर्ने अनुमति पाएका सिटी सफारीहरू समेत इटहरीमा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित