बुढीगंगामा २ अर्ब ५० करोडको लागतमा अस्पताल बन्दै

विराटनगर । उद्योगी राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् । नेपालबाट बर्षेनी हजारौँको सङ्ख्यामा नेपालीहरू भारत लगायत विभिन्न देशहरूमा स्वास्थ्य उपचारको लागि जानुपर्ने तितो यथार्थलाई महसुस गर्दै कोशी प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन लागिएको हो । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए ।

स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शय्या क्षमताको अस्पताल निमार्ण गर्न लागिएको छ । हाल यसलाई १०० शय्याको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित