बस र ट्रक आपसमा ठोक्किँदा चालक सहित तीनको मृत्यु, २७ जना घाइते (घाइतेको नामावली सहित)

बारा । बुधबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थीत तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा ट्रक चालक तन्हु जिल्ला पिपरटार निवासी २८ वर्षिय पुर्ण गुरूङ, बस चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ०३ निवासी ४० वर्षिय हरि शम्सेर सुयाल थापा र परिचय नखुलेका करिब ३४ वर्षिय पुरूष रहेका छन । उनीहरुको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।   
 
काकडभिट्टाबाट काठमाण्डौं जादैँ गरेको बा.३–००१ ख २५८७ नम्बरको यात्रु बस र विपरित दशाबाट आइरहेको ना ७ ख ७३०० नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुदाँ ट्रक रोड भन्दा तल्ल खस्न पुगेको छ । 

घाइतेको नामावली

अवस्था गम्भिर रहेकाको हेटौडा सरकारी अस्पतालमा उपचार गरि पुरानो मेडिक्ल क्लेज चितवनमा रिफर भएकाको नामावली : तनहु जिल्ला बन्दिपुर ०६ निवासी १७ वर्षिय तेज कुमार गुरूङ, सुन्सरी जिल्ला भाति ०२ निवासी ३० वर्षिय खिलराज दुलाल, सुन्सरी जिल्ला ईटहरी ०४ निवासी ४० वर्षिय सुरेन्द्र गौतम, उनका श्रीमती ३५ वर्षिय सम्झना गजुरेल, उनका छोरी १२ वर्षिय सोराय गौतम, उनका छोरा ३ वर्षिय सोडनेम गौतम र बसको सह–चालक झापा जिल्ला दमक निवासी ३५ वर्षिय नगेन्द्र उपरेतीको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई हेटौडा सरकारी अस्पतालमा उपचार गरि पुरानो मेडिक्ल क्लेज चितवनमा रिफर गरिएको छ । 
 

कार्की मेडिक्ल अम्लेखगंज बारामा उपचार भईरहेको

ईलाम जिल्ला माईजुमा ०५ निवासी ३० वर्षिय बिनोद तामाङ, सोही जिल्लाका चुलाछुटी ०५ निवासीे ३६ बर्षिय बिर बाहादुर तामाङ, सङखुवा साभा जिल्ला माबि ०९ निवासी ३० बर्षिय चन्द्र बहादुर तामाङ, सोही स्थानका २४ बर्षिय विर्ख बहादुर तामाङ, ईलाम जिल्ला चुलाडुली ०३ निवासी ३६ बर्षिय मनोज कुमार लिम्बु, सोही स्थानका २० बर्षिय प्रवेश पटेल, झापा जिल्ला कमल ०५ निवासी १९ बर्षिय पुणम गुरङ, सोही जिल्ला अर्जुन धारा ११ निवासी ४९ बर्षिय हरी नारायण बिशवकर्मा, सुन्सरी जिल्ला ईटहरी ०६ निवासी ५४ बर्षिय अनिल कुमार थापा, झापा जिल्ला बारदसी ०२ निवासी ४२ बर्षिय धन बहादुर लिम्बु, सोही जिल्ला कमल ०६ निवासी २० बर्षिय नएन खनाल, भरतको आन्नचल प्रदेश निवासी ५२ बर्षिय सिडिमाया, सोही स्थानका १९ बर्षिय छिरीङ पालेदेन, सोही स्थानका ५२ वर्षिय नामा एमसे, सोही स्थानका ४२ बर्षिय श्रीग धौगा सोही स्थानका ४७ बर्षिय पासाङ काण्डु, भरत कालेगुङ निवासीे २५ बर्षिय छोमी लोप्चा, उनका श्रीमान २९ बर्षिय नामग्याल डोर्जे, उनका छोरी २ बर्षिय माया लोप्चा र ट्रकको सह–चालक उर्लाबारी जिल्ला निवासी २१ बर्षिय अमि श्रेष्ठ रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित