१३ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं /  नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन भने तोलाको १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर तोलाको १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित