महोत्तरीको एक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउदै

महोत्तरी । जनता मावि गौरिडाडाको स्वर्ण महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ महोत्तरी आउने भएका छन । स्थापना दिवसको अवसर पारेर १ पुसमा निर्धारण गरिएको महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउने भएका हुन । २०३१ सालमा औपचारिक स्थापना भएको विद्यालय जिल्लाको नै उत्कृष्ट विद्यालय मानिन्छ । झण्डै २५ सय विद्यार्थी अध्यण गर्ने यो विद्यालयमा अहिले प्रावधिक धारका कक्षाहरु समेत संचालन हुँदै आएका छन ।

पुर्णतया अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा लगभग  १७ जिल्लाका विद्यार्थी पठनपाठन गर्न आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुगंानाले जानकारी दिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले उत्पादन गरेका विभिन्न स्टल समेत देख्न पाइनेछ । संकाय अनुसारका विद्यार्थीहरुले आफ्नो कला र प्रतिभा पर्दसन गर्ने विद्यालयका प्रधानध्यापक रामसकल महतोले जानकारी दिए ।

बिज्ञान संकायका विध्यार्थीहरुले ड्रोन देखि विभिन्न बिज्ञानसगँ सम्बन्धित उत्पादन पर्दसन गर्नेछन भने वाली बिज्ञान तथा कृषि प्रावधिकका विध्यार्थीहरुले आफैले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनमा राख्नेछन । मुलतः विद्यालय र समुदाय, तीन वटै सरकारलाई जोडन, विद्यालयको सर्वपक्षीय हितमा सरोकारवाला सवैको ध्यान खिच्न, विद्यार्थीहरुका प्रतिभा र नवपर्वतनहरुको सार्वजनिकिरण गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष ढुगंनाको  भनाई छ  ।


 

प्रतिक्रिया

सम्बन्धित