इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास

काठमाडौं / साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो ।

परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’

परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।

परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ । परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित