यस्तो छ मेनुकाले गाएको ‘सालार’को गीत (भिडियाे सहित)

काठमाडौँ । गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक गरिएको छ । ‘सुरज ही छाव बान्के’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । यस गीतलाई रवि बासरुरले निर्देशन गरेका हुन् भने यसमा शब्द रिया मुखर्जीको रहेको छ । 

प्रभासको मुख्य भूमिका रहेको यो चलचित्रलाई केजीएफका निर्देशक प्रशान्त निलले निर्देशन गरेका हुन् । यस चलचित्रमा पृथ्वीराज, श्रुति हसन, टिनु आनन्द, जगपती बाबुलगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्र डिसेम्बर २२ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित