नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि मुक्का प्रहार

धनकुटा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि मुक्का प्रहार भएको छ । मध्य पहाडी राजमार्गमा सङ्कल्प यात्राको क्रममा धनकुटा प्रवेश गर्ने क्रममा ओली माथि मुक्का प्रहार भएको भिडियो नै सार्वजनिक भएको छ । ओली माथि मुक्का प्रहार भएको भिडियो भने उनी धनकुटाको कार्यक्रम सकेर तेह्रथुमको समेत सभा सकिने समयमा सार्वजनिक भएको छ ।

धनकुटाको लेगुवामा महेश राईले मुक्का हानेको प्रत्यक्षदर्शीले बताएका छन् । ओली माथि मुक्का हान्ने महेश त्यसपछि एमाले कार्यकर्ताको मुक्का खाँदै प्रहरी नियन्त्रणमा परेका छन् । उनले मुक्का हान्नुको कारण खुलेको छैन । एमालेले भने यो विषय गुपचुप राख्न चाहेको देखिएको छ ।

महेशले ओलीमाथि मुक्का हानेको भिडियोमा प्रस्टै देख्न सकिन्छ । यता एमालेको केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका पत्रकार राजेश राईले महेशले मुक्का हानेको नभई हुत्तिएको दाबी गरेका छन् । उनले ओलीको स्वागतमा बसेको मापसे गर्दा समस्या भएको बताएका छन् । राईले मुक्का हान्ने महेशले प्रहारले गाडीमा हाल्ने समयमा पनि नेकपा (एमाले) जिल्दवाद ! केपी ओलीलाई भेट्न पाउनु पर्छ ! भन्दै नारा लगाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित