३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौ /  नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । बुधबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावालाा सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित