आफूहरूको  सँग मिल्दोजुल्दो नाम राखेर संस्था बदनाम गर्ने कार्य भएको प्रति विराटनगरस्थित न्यूराे हस्पिटलको आपत्ति

विराटनगर । केही दिन यता सामाजिक सञ्जालमा इनरुवाको एक घटनालाई लिएर अस्पताललाई गालीको वर्षा हुन थालेपछि विराटनगरस्थित न्यूराे हस्पिटल प्रशासनले आपत्ति प्रकट गरेको छ । मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै हस्पिटल प्रशासनले नेपाल भरी आफ्नो कुनै शाखा नरहेकाे स्पष्ट पार्दै आफूहरूको  सँग मिल्दोजुल्दो नाम राखेर संस्था बदनाम गर्ने कृत्य भएको बत्ताएको छ । गत आइतबार विराटनगरकै मेट्रो न्युरो अस्पतालले सुनसरी इनरुवा ३ का ४५ वर्षीय प्रताप सदालाई मृत घोषणा गरेको तर घर पुगेर अन्तिम संस्कारको तयारी गर्दा मान्छे जीवितै भेटिएको समाचार विभिन्न अनलाइन तथा पत्रपत्रिका सँगै सामाजिक सञ्जालमा भाइरल भएपछि न्यूराे हस्पिटललाई गालीको वर्षा चलेको थियो । 

सामाजिक सञ्जालमा हस्पिटल प्रति नकारात्मक सन्देश प्रवाह हुन थालेपछि विराटनगर १० जहदा रोडस्थित न्यूराे हस्पिटलले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूको ब्रान्ड सँग मिल्दोजुल्दाे नाम राखेर फटाइ अर्कै अस्पतालले गरेको बत्ताएको छ ।  अस्पतालले विगत २ दशक देखि कमाएको ख्यातिलाई अनुचित तवरले प्रयोग गर्ने विराटनगर तथा आसपासका क्षेत्रमा केही समय देखि मिल्दो जुल्दाे नाम राखेर , वा शाखा हो भन्दै सेवाग्राही झुक्क्याउने गिरोह सकृिय रूपमा भेटेको बताउँदै यस्ता कार्यलाई कानुनी कारर्वाहिकाे दायरामा ल्याउनुपर्ने हस्पिटलको भनाइ छ । 

मङ्गलवार जारी विज्ञप्तिमा हस्पिटलले भनेको छ बिराटननर मात्र नभई नेपालको कुनै पनि कुनामा  न्यूराे  हस्पिटलको शाखा छैन । तर केही गल प्रविृतीका ब्याक्तीहरूले हस्पिटलको नाम बदनाम हुने गरी शाखा हो भनेर प्रचार गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै अस्पतालले अहिले सम्म सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिँदै सेवाग्राहीहरूको मन जितिरहेको पनि बत्ताएको छ । 

कोसी प्रदेशमै पहिलो पटक न्युराेलाेजी सेवा , न्यूराे सर्जरी , क्याथल्याव सेवा भित्र्याएको न्यूराे हस्पिटल ( न्यूराे कार्डीयाे एण्ड मल्टिस्पेस्लिटी प्रा ली )ले आगामी दिनमा आफ्नो स्वास्थ्य सेवालाई अझ सशक्त बनाएर लैजाने बत्ताएको छ ।

प्रतिक्रिया

सम्बन्धित