‘कङ्गारु’मा अर्पणको प्रवेश

काठमाडौं /  साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए ।

केदारको प्रवेशसँगै फिल्मको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका छन् । थापा र यो फिल्मको निर्माण पक्षबिच आज औपचारिक रूपमा सम्झौता भएको हो ।

यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । 

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । 

फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलीया) रहेको छ । 

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् । 

निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित