धरानका दुई शिक्षक विरुद्ध “ बाल दुर्व्यवहार” को उजुरी दर्ता गरेपछि बालकले हटाए सुसाइडको वालपेपर

धरान: इलाका प्रहरी कार्यालय धरानमा विद्यार्थीलाई कलेजमै कुटपिट गर्ने दुई शिक्षकविरुद्ध जाहेरी दर्ता भएको छ । धरानमा एक बालकलाई कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा बाहिरिए पछि घटना सार्वजनिक भएको घटनाले सबै अभिभावकको ध्यान तानेको छ। पीडितका बुबाले कुटपिट गरेको आरोपित शिक्षक शिक्षक विदुर महत र बुद्रोस लिम्बुविरुद्ध पीडित जेनिशका बुबा जीवन कार्कीले जाहेरी दिएका हुन्। घटना बिहीबारको भए पनि शुक्रवार मात्र । उक्त फुटेजमा शिक्षकले विद्यार्थीलाई घॅाटि समातेर, लात्ती समेत प्रयोग गरी निर्घात कुटपिट गरेको देखिन्छ। उक्त भिडियो सार्वजनिक भएपछि कलेज र शिक्षकहरूको निन्दा बढेपछि कलेजले दुवै शिक्षकलाई निलम्बन गरेको छ।

कुटपिटको घटना रकममा मिलाउन मोलमोलाइ गरेपछि बालकले राखे (sucide) को वालपेपर घटना घटेपछि उक्त घटनालाई कलेज व्यवस्थापन र पीडित विद्यार्थीका अभिभावक आपसी छलफल गरेर क्षतिपूर्तिमा मिल्ने प्रयास पनि भएको खुलेको छ ।

छोरा कुटपिट भएपछि पीडितका बुबाले क्षतिपूर्तिमार्फत ४ लाख माग गरेको र अढाई लाखसम्म दिने सहमति भएको थियो । त्यही कुराको असर बालकमा परेपछि बालकले आफ्नो अमूल्य ज्यानको लाखमा मोलमोलाइ भएको , पीडा हॅुदा उपचार र अन्याय हॅुदा न्याय नपाएको र कलेजले सरलाई आक्रमण गरी मानहानि भो भन्दै खुट्टा ढोग्न लगाएको तथा कलेजबाट निकालेको हुनाले आफू निराश बनी सकेपछि सो तस्बिर वालपेपरमा प्रयोग गरेको बताए। न्याय पाउनु महसुस पछि अग्रजको आग्रहमा सो तस्बिर हटाएको पीडित बालकको भनाई छ । बालकले आफ्नो बुबाको इमानदारता जस्तो अन्य अभिभावकले पनि रकममा यस्ता घटना नमिलाउन अनुरोध गर्दै भने हामीले सके जति आफ्नो लागि लड्नु पर्छ।

पीडित विद्यार्थी १७ वर्ष मात्र पुगेकाले बालबालिकाविरुद्धको कसुर २०७५ अन्तर्गत रित पूर्वक जाहेरी परेको डिएसपी नवराज मल्लले जानकारी दिए । उनले आज सुनसरी जिल्ला अदालतबाट “ बालबालिका कसुरमा” म्याद थप गरी अनुसन्धान सुरु गरेको मल्लले बताए। बालबालिका कुट्दा यस्तो समेत सजाय हुन्छ। नेपालको कानुन अनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ । उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्‍याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित