इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा दिवा खाजाको खाजाको सुरु गर्दै खाजाको सूची सार्वजनिक गरेको छ । बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा नेपालमै पहिलो पटक इटहरीमा दिवा खाजा सुरु गरेको पनि जनाएको छ। नेपालमै पहिलो पटक यस्तो दिवा खाजाको व्यवस्था गरिएको भन्दै इटहरीका मेयर हेकर्ण पौडेलले धेरै साथीहरुले खिसीट्युरी गरेका थिए,के यो सम्भव छ भनेर तर आज सम्भव भयो। केहि राम्रो काम गर्दा आलोचना हुने गरेको पनि मेयर पौडेलले। 

आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउन थालिएको छ ।  सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउन मेन्युमा उल्लेख गरिएको छ। यस्तै, बुधबार चामलको खीर र तरकारी खुवाईने उपमहानगरपालिकाले जनाएको छ । यसैगरी  बिहीबार दही, चिउरा र तरकारी दिईने छ भने शुक्रबार खसी वा कुखुराको मासु र चिउरा व्यवस्था गरिएको छ । 

साहाकारीका लागि भने मटर–पनिर र चिउरा व्यवस्था गरिएको जनाएको छ। सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित