भरूवा बन्दुकसहित एकजना पक्राउ

उदयपुर /  बेलका नगरपालिका-४ आनन्दटोल बस्ने ४७ वर्षीया दुर्गा विकलाई भरुवा बन्दुक २ नालसहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित