सामूहिक भोज खाएका एकजनाको मृत्यु, ३२ जना बिरामी
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
लमजुङ / लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने ३२ जना बिरामी भएका छन् ।
बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।
प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए । त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पु¥याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित ३२ जना हाल उक्त अस्पतालमा उपचारत छन् । भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_UbcBXNNv0G_v2d61rnrhu4dl8jdj0l6t711cwe6du7v69wuu3rd85asvblbslyvbpavxywk.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_mQwd8XbAPC_tqsivfzhytwdhw4bk6c5oqbs0jtp3cvyoifcm0otf7dqn2q6kpfmp6q0x9ge.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_hPkoti0jWd_5aibwuqyr9yzfznhshx8cisiihstmgijmlktkfyjglq4tu73vefzhvqb2xhe.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_ls7Pvrgmk7_ug93exl3td7ofrzcob5nknd65vsmoznddipmz0pbib6cjpxv5kz0u4wfxmr9.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया