रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम धरानको होटलबाट “अर्धनग्न “ अवस्थामा रंगेहात पक्राउ

धरान / सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा होटलबाट रंगेहात पक्राउ परेका छन् । शनिवार दिउँसो धरान-१२ को शुभकामना होटलबाट गौतमलाई रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी नवराज मल्लले पुष्टि गरे ।

गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानले शङ्का लागेर केही महिना देखि नै श्रीमतीको फलो गर्दै होटलसम्म पुगेका थिए । उनकै सूचनाको आधारमा प्रहरीले वडा अध्यक्ष गौतमलाई दिउँसो ३ बजे पक्राउ गरेको हो । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमानसमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।

पक्राउ परेकी श्रीमतीका श्रीमान् र वडाध्यक्ष बिच घनिष्ठ सम्बन्ध रहेको र महिला सामान्य गृहिणी नै रहेको स्रोतको भनाई छ। हाल वडाध्यक्ष प्रहरी हिरासतमा नै रहेको भोली छलफल हुने बताइएको छ। प्रहरीले दुवैलाई अर्धनग्न रूपमा भेटिएका वडाध्यक्ष छोड्न प्रहरीलाई सभासद् देखि माथि सम्मबाट फोन आइरहेको स्रोतले बताएको छ ।रामधुनीका मेयर शङ्करलाल चौधरी, उपमेयर तारा थापा र प्रदेश सांसद रमेश बस्नेत एमाले नेता जय कुमार राई र हर्कजंग एभेङ समेतको टोली समेत इलाका पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित