उत्तरी गाजा भोकमरीको कष्टप्रद स्तरको सामना गर्दै : संयुक्त राष्ट्रसंघ

गाजा । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाले भोकमरीको कष्टप्रद स्तरको सामना गरिरहेको जनाएको छ ।गाजा पट्टीमा खाद्य असुरक्षाका विषयमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले उत्तरी गाजावासीले रलाग्दो मात्रामा भोकमरीको सामना गरिरहेका बताएको हो । उत्तरी गाजाका कम्तिमा ९७ प्रतिशत घरपरिवारमा ‘अपर्याप्त खाना उपभोग’ छ, १० मध्ये नौ जनाले एक दिन र रात खानाविना नै बिताउने डब्लूएफपीले उल्लेख गरेको छ ।

एक तिहाइ घरपरिवारले उच्च स्तरको गम्भीर वा धेरै गम्भीर भोकमरीको र ५३ प्रतिशतले मध्यम भोकमरीको सामना गरेका छन् । उत्तरी गाजामा खाद्यान्न सहयोग गर्नुपर्ने डब्लूएफपीले आह्वान गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित